काठमाडौँ – प्रहरीले कालिमाटी क्षेत्रबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ४७ वर्षीय मनिराज राई र काभ्रेको रोशी गाउँपालिका निवासी ३२ वर्षीय बालकृष्ण राक्से रहेका छन्, जो हाल काठमाडौँमा बस्दै आएका थिए।
उनीहरूको साथबाट ३.११ ग्राम खैरो हेरोइन र ३९ हजार नगद बरामद गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ।
