२९ असार, कालिकोट : आज बिहान गएको पहिरोले कर्णाली करिडोर अवरुद्ध गरेको छ। कालिकोटको पचाली झरना गाउँपालिका-८, लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार पहिरो पन्छाउन प्रयास भइरहेको छ। “लाफा बजार नजिकै लगातार पहिरो गइरहेको छ,” उनले भने। पहिरोका कारण कर्णाली करिडोरमा नियमित सवारी आवागमन प्रभावित भएको छ।
त्यस्तै, कर्णाली करिडोरको हुम्ला खण्ड नौ दिनदेखि अवरुद्ध छ। नाम्खा र सिमीकोट गाउँपालिकाको सिमानामा रहेको हेक्पा नदीमा निर्माण गरिएको काठे पुल बाढीले बगाउँदा सिमीकोटदेखि हिल्सासम्मको सडक अवरुद्ध भएको हो।
सामान्य अवस्था पुनःस्थापित गर्न प्रयास भइरहेको छ र स्थिति समाधान गर्न अधिकारीहरू काम गरिरहेका छन्।
