काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कबीच मंगलबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
प्रधानसेनापतिको कार्यकक्ष जङ्गीअड्डामा आयोजित यस भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा गहन छलफल भएको थियो।
नेपाली सेनाका अनुसार, भेटवार्ताले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउने विश्वास लिइएको छ।
