काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ। धावनमार्ग छाड्नासाथ जहाज भुईमा बजारिएको पाइएको छ।

यो जहाज पोखराका लागि उडेको थियो, तर उडानको क्रममा नै दुर्घटना भएको हो। जहाजमा कति यात्रु थिए भन्ने कुरा अहिले खुलेको छैन।

हाल उद्धार कार्य जारी छ, र थप जानकारी प्राप्त हुने क्रममा छ। यस दुर्घटनाले विमानस्थलमा केही समयका लागि उडान तथा अवतरणमा अवरोध निम्त्याएको छ।

यो समाचार अपडेट भइरहनेछ।