काठमाडौं, ९ साउन। सौर्य एयरलाइन्सको ९एन-एएमई (सीआरजे-२००) जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जनाको घाइते भएको पुष्टि गरेको छ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिइएको र १८ वटा शव संकलन गरिएको उल्लेख छ। उक्त जहाज आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटनामा परेको हो। विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए।

विमानमा क्याप्टेन मनिष शाक्य पनि थिए, जसलाई घटनास्थलबाट उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ।

यसरी भएको थियो दुर्घटना , भिडियोमा दुर्घटनाको वास्तविक दृश्यहरू समेटिएको छ।