Protesters climb a public monument as they celebrate after getting the news of Prime Minister Sheikh Hasina's resignation, in Dhaka, Bangladesh, Monday, Aug. 5, 2024. (AP Photo/Rajib Dhar)

काठमाडौं । बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन्।

राष्ट्रपति शाहबुद्दिनले गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै भनेका छन्, “बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ औं संसद् विघटन गरिएको हो।”

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जियाको जेलमुक्तिको पनि उल्लेख गरिएको छ।

जुलाई पहिलो सातादेखि सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा विद्यार्थी आन्दोलन सुरु भएको थियो। आन्दोलनकै बीच अदालतले आरक्षणको कोटा भारी कटौती गरेको छ।

आन्दोलनकै कारण सोमबार प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको थियो। उनले सोमबार नै बंगलादेश छोडेकी छन्।