काठमाडौं। नेपाल र भारतबीच आज साँझ ५ बजे हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली जानुहुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आयोजना हुने यो खेलमा नेपालले भारतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ।

नेपालले लिग चरणमा इरानलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको छ। २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने उत्कृष्ट अवसर हो।

लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोबल उच्च छ, जसले आजको खेलमा थप उत्साह थपेको छ।