काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार दुर्घटनामा पाइलटसहित पाँच जनाको शव फेला परेको छ।

हेलिकप्टरका पाइलट अरुण मल्ल र चार जना चिनियाँ नागरिक रहेका छन्।