रौतहट – रौतहटमा सादा पोशाकको प्रहरी भन्दै सर्वसाधारणलाई धम्क्याएर रकम असुली गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा माधवनारायण नगरपालिका-१ का २४ वर्षीय रमेश साह रहेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले चन्द्रनिगाहापुर नगरपालिका-९ डुमरिया चोकबाट मंगलबार राति उनलाई पक्राउ गरेको हो।

साहको साथबाट सशस्त्र प्रहरी बलको पोशाक समेत बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार साहले आफू सादा पोशाकको प्रहरी भन्दै सर्वसाधारणलाई धम्क्याउँदै रकम असुल गर्ने गरेको पाइएको छ।