काठमाडौं। राष्ट्रिय खेलकुद परिषदको संरक्षणपछि दशरथ रंगशाला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न योग्य ठहर भएको छ। एशियाली फुटबल महासंघ (एएफसी)ले रंगशालालाई पुनः मान्यता दिएको छ, जसले गर्दा नेपालमा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न अनुमति प्राप्त भएको हो।

एएफसीले रंगशाला अयोग्य भएको प्रतिवेदन दिएपछि, राष्ट्रिय खेलकुद परिषदले गत चैत्रदेखि रंगशालाको रेखदेख र संरक्षणको जिम्मा लिएको थियो। त्यसपछिको निरीक्षणमा एएफसीका प्रतिनिधिले रंगशालालाई मापदण्ड अनुरूप रहेको प्रतिवेदन दिए। अब, यही साउन २९ गते दशरथ रंगशालामा भुटानको पारो एफसी र नेपालको चर्चब्वाईज युनाईटेड बीच एएफसी च्यालेन्ज लिग छनौटको प्लेअप खेल आयोजना हुनेछ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले रंगशालाको पुनः मान्यता पछि, नेपाली दर्शकहरूले दशरथ रंगशालामा फेरि अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउने कुरामा खुशी व्यक्त गर्दै, भविष्यमा पनि मैदानको संरक्षणमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए।