काठमाडौं – अमेरिका पठाउने प्रलोभन देखाउँदै ५४ लाख रुपैयाँ ठगी गरेको आरोपमा अर्घाखाँची पाणिनी गाउँपालिका–७ दुविचौरकी २१ वर्षीय लक्ष्मी माझी पक्राउ परेकी छिन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार उनलाई काठमाडौंको तारकेश्वर क्षेत्रबाट पक्राउ गरेको हो। माझीले अमेरिका पठाइदिने आश्वासन दिँदै मासिक २ लाख रुपैयाँ आम्दानी हुने प्रलोभन देखाएर ५४ लाख ७ हजार ८७० रुपैयाँ ठगी गरेको आरोप लागेको छ।
पक्राउ परेकी लक्ष्मी माझीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।
