काठमाडौं – काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य पनि रहेका छन्। आचार्यले ‘सक्किगोनि’मा प्रहरी इन्स्पेक्टरको भूमिका निभाउँदै आएका थिए।
उनीहरूलाई काठमाडौं महानगरपालिका–८, गौरीघाटस्थित एक कोठाबाट पक्राउ गरिएको हो। प्रहरीले जनाए अनुसार, काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको कोठामा उनीहरू जुवातास खेलिरहेका थिए।
प्रहरीले नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको छ। अहिले उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ।
