काठमाडौं – पशुपतिनाथ कोटीहोम स्थलमा शुक्रबार साँझ उत्पन्न तनावको घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको छ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा बनेको समितिमा प्रहरी, सशस्त्र प्रहरी, अधिवक्ता, पत्रकार, मानव सेवा फाउन्डेसनका प्रतिनिधिहरू समावेश छन्।

समितिलाई घटनाको स्थलगत अध्ययन गरी सत्यतथ्यसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्न निर्देशन दिइएको छ। शुक्रबार राति कथावाचक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न पुगेको प्रहरी टोली र उनका समर्थकहरूबीच तनाव उत्पन्न भएको थियो। उक्त घटनाको विषयमा छलफल गरेपछि दुबै पक्षबीच समझदारी कायम हुन नसकेको जानकारी दिइएको छ।