काठमाडौं। काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, उक्त जहाजमा १९ जना यात्रु सवार थिए।
प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको हो। उद्धार कार्य जारी छ र थप विवरणको प्रतिक्षा गरिएको छ।
यसरी भएको थियो दुर्घटना , भिडियोमा दुर्घटनाको वास्तविक दृश्यहरू समेटिएको छ।
