९ साउन, काठमाडौं। सौर्य एयरलाइन्सको ९एन-एएमई (सीआरजे २००) जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। विमानस्थल स्रोतका अनुसार, उद्धार कार्य नसकिएसम्म उडान र अवतरण सबै बन्द रहनेछ।
दुर्घटनाका कारण आन्तरिक उडानहरू सम्बन्धित विमानस्थलमै रोकिएका छन् भने अन्तर्राष्ट्रिय उडानहरूलाई अन्यत्र डाइभर्ट गरिएको छ। यसले दर्जनौं उडान-अवतरण प्रभावित भएका छन्। उद्धार कार्य जारी छ र थप विवरणको प्रतिक्षा गरिएको छ।
यसरी भएको थियो दुर्घटना , भिडियोमा दुर्घटनाको वास्तविक दृश्यहरू समेटिएको छ।
