काठमाडौं। आज पाँच प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने छ।
विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताइएको छ।
