वीरगन्ज || प्रहरीले वीरगन्ज महानगरपालिका–१० आदर्शनगरका ५० वर्षीय निरन्जन अग्रवाललाई बुधबार पक्राउ गरेको छ।

पर्सा प्रहरी प्रवक्ता डिएसपी दीपक भारतीका अनुसार नागरिकता सम्बन्धी उजुरी परेपछि अग्रवाललाई छानबिनका लागि नियन्त्रणमा लिइएको हो। अनुसन्धान जारी रहेको र थप विवरण आउन बाँकी रहेको डिएसपी भारतीले बताएका छन्।