काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षा आगामी भदौ २५ र २६ गते सञ्चालन गर्ने जानकारी दिएको छ।

शनिबार प्रकाशित नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) श्रेणीमा परेका थिए। यस अन्तर्गत, दुई बिषयमा एनजी प्राप्त विद्यार्थीहरूले पुरक परीक्षा दिने व्यवस्था गरिएको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले दुई बिषयमा एनजी प्राप्त विद्यार्थीहरूको संख्या १ लाख २७ हजार ७ सय ७ जना रहेको बताए। परीक्षा तालिका प्रकाशनको तयारी भइरहेको बोर्डले जनायो।

जसले दुई भन्दा बढी बिषयमा एनजी प्राप्त गरेका छन्, उनीहरूले अर्को वर्ष ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन्।

त्यसैगरी, दुई बिषयसम्म अनुपस्थित विद्यार्थीहरूले पनि पुरक परीक्षामा सहभागी हुन सक्नेछन्। हालको अवस्थामा, ५ हजार ६ सय ३२ विद्यार्थी सम्पूर्ण बिषयमा अनुपस्थित थिए।